ओशो
म अद्वेत हुँ, द्वेत होइन
देह आत्माको प्रकट रुप हो
आत्म देहको अप्रकट रुप हो
देह आत्माको स्थुल अभिव्यक्ति हो
आत्मा देह भित्र लुकेको सार हो
देह फूल हो, आत्मा सुगन्ध हो
देह शव्द हो, आत्मा शव्दमा प्रकट अर्थ हो
देह विणा हो, आत्मा विणामा तरंगीत झंकार हो
परमात्मा र प्रकृति सम्युक्त हो
आत्मा र देह सम्युक्त हो
एक हो भिन्न कदापि होइन
एकबिना अर्कोको अस्तित्व नै रहदैन ।
No comments:
Post a Comment