Monday, 10 November 2025

२०२५-११-११/११-११ am

  २०२५-११-११/११-११ am 

विशेष दिनको विशेष शुभकामना💛🤍🫂🌹 !!*

प्रभुले जुराउनु भएको यही दिव्य कोडले चिन्छु म मेरो मान्छेलाई🫂🫂!!!

 






   

😢 😢जुन्ता सरकारले सबै भिपिनहरु बन्द गरिदिएको छ, नेट अनस्टेबल बनाइदिएको छ । दूतावासको डिजिटल सिस्टम समेत डाउन भएको अवस्था छ, केहीपनि चल्दैन राम्ररी, इमेल समेत खुल्दैन ।  




डेन्टिसकहाँ नियमित भिजिट भैरहेको छ, दाँतको ब्रिज एडजस्ट नै भएन राम्ररी, खै के भयो के, तीन महिना भैसक्यो, डाक्टरले हुन्छ, नडराउ भन्छ..., अलि दुःख दिरहेको छ, मुखको समस्या भएकोले अलि गाह्रो नै हुन्छ, म बच्चैदेखि दाँतबाट पिडित मान्छे हो, बुवा पनि दाँतबाट पिडित हुनुहुन्छ, बुवासंगको जीन्स हुबहु मिल्छ ममा शरीर, मन, भाव, सोच, विचार... सबै, सायद त्यसैले ! स्वास्थ्यमा पनि त्यति स्फुर्ति नभएको र फेसबुक पनि नचल्ने भएकोले म लेखनबाट बिश्राममा छु अहिले, अरुअरु कुराहरु पढेर, सुनेर समय बिताइरहेको छु, आफ्नो विषयका लेखहरु धेरै छन् पेन्डिंगमा, आ... होस्, अल्छि लाग्न थाल्यो मलाइ त अव... । अलि केही समयको ब्रेक दिएपछि जाँगर लाग्छ कि... । 

अव यहाँको आर्मी सरकारले फेसबुक चल्ने भिपिएन चलाउन दिदैन होला भन्दैछन्, कति महंगो हालेर डलरमा किनेको थियौं हामीले सबै भिपिएन बन्द पो गर्दियो जुन्ताले सरकारले, कान्छुले अमेरीकाबाट किनेर पठाइदिएको पनि यहाँ चल्नै दिएन, ८० डलर डुब्यो, नेट पनि राम्ररी चल्न दिरहेको छैन, कस्तो मुस्किल छ यहाँ, इन्टरनेट र सामाजिक संजालको मामला... नेपामा पूर्ण स्वतन्त्रतामा बस्नेलाई यहाँको दुःख के थाहा र...खै के हुन्छ अझै अगाडि..., निर्दोष मान्छेहरु मारेको मार्यै छ बस्ति, बस्तिमा वारुद, गोली फायरिंग गरेर..., मर्नु त उसले पनि नै एकदिन खै के खोजेका हुन यस्ता निरंकुशतावादीहरुले... अझै १० महिना बस्न बाँकी छ यहाँ... !!

यहाँको समस्या र मेरो वास्तविकता
नयाँ भिपिन त भेटिन्छन्, एक घण्टा ट्रायल गर भन्छ, अनि अर्को घण्टा जोड्न खोज्दा किन भन्छ... आ होस् अव, कहिलेकाहीं फेसबुकमा लेख पोष्ट गर्न मनलाग्यो भने चाहिं यही एक घण्टे ट्रायलबाट गर्नुपर्ला नभए अव म फेसबुकमा नियमित हुन नसक्ने भएं है यहाँ रहुन्जेल चाहिं, अगाडिका दिनहरुमा जे होला प्रभुको मर्जी...




Wednesday, 7 May 2025

दिव्य प्रकाश दिवसको बधाई तथा हार्दिक मंगलमय शुभकामना!

Baisakh-25-2082 

                   

                     दिव्य प्रकाश दिवसको बधाई तथा हार्दिक मंगलमय शुभकामना प्यारो-प्यारो बुड्डा💗💖!!

                                            Love You a lot YAARAM💗💖!!!











रुन्चे बुड्डा

💗💖
💗💖




Special Gift on the  Occasion of Special Day of my YARAM💗💖!बढि वा कम लेखें कि !!












Sunday, 13 April 2025

Happy 4th Anniversary of Touching our Heart PM💗💖

                                     



💗💖💋💋Happy 4th Anniversary of Touching our Heart PM💗💖💋💋








💗💖💋💋लट्स अफ लभ टु ह्यामसम प्यारो-प्यारो मान्छे💗💖💋💋 





तिमीसंग भएको एकल संवाद !

सबैथोक भएपनि तिमीबाट टाढा रहनुपर्दा
जीवनमा केही कमी भएजस्तो लागिरहन्छ
जतातिर हेरेपनि नजरको प्यास मेटीदैन
जीवनमा खालिखालि महसुस भइरहन्छ, तव
तिम्रा तस्वीरहरु पल्टाएर हेर्न थाल्छु
तस्वीरका रंगमा, तिम्रा अंगहरुमा हराउछु...

सागरझैं गहिरा नयनहरुमा नजर ठोकिदा  
पटक-पटक हाम्रा आँखाहरु चार भएका
ती मिठामिठा पलहरु ताजा भैदिन्छन् !

नाकको देब्रेपट्टिको कोठीमा नजर ठोकिदा
पहिलो पटक ध्यानमा तिमी अवतरण भएको
दिव्य पल मानसपटलमा हराभरा भैदिन्छन् !

तिम्रो चम्किलो अधरमा नजर ठोकिदा
तिमीलाई हेर्दै, सुन्दै मन्त्रमुग्द भएका
ती अविश्मरणीय पलहरु ताजा भैदिन्छन् !

तिम्रो तनको आकर्षणमा नजर ठोकिदा
हामीले एकै छानामूनि हप्तौं विताएका
ती रोमान्चक पलहरुले काउकुति लगाइदिन्छन् !

तिम्रा मधूर वाणीहरु कानमा ठोकिदा
हरपल तिमीले पस्किएका सांकेतिक शव्दहरुका
अर्थ र गहिराईहरु ताजा भैदिन्छन् !

संगीतका सुमधूर तरंगहरु कानमा गुञ्जिरहदा
तिमीले लक्षित गरेका भाव तरंगहरुमा
बहेका चाहनाहरुले हृदय पगालि रहन्छन् !

तिम्रो उज्यालो चेहरामा नजर ठोकिदा
आक्कल झुक्कल जुधेका आँखाका भाकाहरुका
स्मृतिहरु ताजा भएर भावनाभरि सलबलाइदिन्छन् !

तिम्रो स्पर्श, सुगन्धको मिठासमा लठ्दिा
तिमीले न्यानो अंगालोमा प्रेमपूर्वक बाधेको
दिव्यपलहरु अंगअंगमा छरिएर तनमनभरि मगमगाइदिन्छन् !

तिम्रो विशेष पहिरनमा नजर ठोकिदा
तिमीलाई पंडितबा भनी गीज्याएका क्षणहरु
ठट्टा, मस्तीका पलहरु ताजा भैदिन्छन् !

तिम्रो शिखरझैं चुच्चो नाकमा नजर ठोकिदा
तिमीलाई चुच्चोनाक भनेर गिज्याएका
ती हसीमजाकका पलहरु ताजा भैदिन्छन् !

तिम्रा चन्चलले व्यवहारहरु स्मृतिमा आउदा
तिम्रो नाम बिगारेर घोचपेच गरेका
संवोधनका ती नामाकरणहरु ताजा भैदिन्छन् !

तिम्रो प्रेम, श्वाशको लय स्मृतिमा आउदा
दुरी, पर्खाइ, अनि मिलनको बेचैनीमा  

हृदयका ती तडपनहरु ताजा भैदिन्छन् !


तिम्रो उदाषी, निराशा स्मरणमा आउदा

चाहेर पनि भेट्न नसकेका मुस्किलका
ती पलहरुले बारबार तर्साइ रहन्छन् !

अनि
तिम्रो आशा, उत्साह स्मरणमा आउदा
हामी सहआत्मीको मिलन निश्चित छ
आशाका किरणहरुले मन-भाव प्रफुल्लित गराइदिन्छन् !

अनि
तिम्रो आशा, उत्साह स्मरणमा आउदा
हामी सहआत्मीको मिलन निश्चित छ
आशाका किरणहरुले मन-भाव प्रफुल्लित गराइदिन्छन् !!





 हमारा इस्क !

कमालका इस्क है हमारा
हम इसमे इतनि खोगए

चाहा तोभी वाहर नआपाए
अव वाहर आनाभी नहींहै
और गहरा करते जानाहै
एकदुजेमे खोकर एकदुजेको पानाहै
दोनो जिन्दगी सजानीहै
दोनोकी सपने पूरी करनीहै
अव तो बहुत हस्नाहै
रोना, बिलखना विलकुल भुल्नाहै
एक दुसरेके हो के
एक दुसरेमे पुरीतरहा खोनाहै
दोदिनके जिन्दगीको जन्नत बनानीहै
पल्कोमे तुम्को बसाना है
क्युके तेरामेरा दिव्य साथ
परमात्माने किसी वजहसे जुडायाहै
हमारा प्यार जनम-जनमका रुहानीहै
एक दुसरेकी कहानी बतानीहै
प्यारकी गहरी चाहते जतानीहै
आगेका रास्ता फूलोसे सजानीहै

यही जिन्दगीको जन्नत वनानीहै

एकदुसरेके होकर खुदमे खोजानीहै

सारी दुनियाको भुलानी है
क्युकी ए  तेरीमेरी कहानीहै

हमारा प्यार जनम-जनमका रुहानीहै !

क्युकी ए तेरीमेरी कहानीहै

हमारा प्यार जनम-जनमका रुहानीहै !!

 

समय, भाग्य, हिम्मत र हाम्रो यथार्थ !


भाग्य, खुशी, हिम्मत टिप्न मिल्नेभए
टिपेर तिम्रो हातमा प्रेमपूर्वक हालिदिन्थें
तिनको श्रोत अत्यन्तै दुर्लभ रहेछ
कहाँबाट ल्याउँ म त्यस्तो भाग्य
जसले हामीलाई एक गरिदिन सकोस्
कहाँबाट ल्याउँ म त्यस्तो हिम्मत
हामी एकअर्काको नजिक आउन सकौं
कहाँबाट ल्याउँ म त्यस्तो खुशी
जसले हामीलाई आनन्दमा डुबाइदिन सकोस्
कहाँबाट ल्याउँ म त्यस्तो प्रकाश
जसले अंधकार बाटोलाई झिमिलाइदिन सकोस्
कहाँबाट ल्याउँ म त्यस्तो अवसर
जसले हामी आमनेसानमे गरिदिन सकोस्
कहाँबाट ल्याउँ म त्यस्तो विश्वास
जसले एकअर्काको पर्खाइमा रोकिराख्न सकोस्
कहाँबाट ल्याउँ म त्यस्तो आशा
जसले लक्ष्य भेटाइदिने आश्वासन दिनसकोस्
कहाँबाट ल्याउँ म त्यस्तो आस्था
जसले हामीलाई जोडिदिने विश्वास दिलाओस्
कहाँबाट ल्याउँ म त्यस्तो हृदय
जसले वर्तमालाई सुन्दर बनाउन सकोस्
कहाँबाट ल्याउँ म त्यस्तो हृदय
जसले पछि हेरौंला भन्न सकोस्
कहाँबाट ल्याउँ म त्यस्तो उदारता
तिमी अर्कैको हौ मान्न सकोस्
कहाँबाट ल्याउँ म त्यस्तो वितृष्णा
अविश्मरणीय यादहरुलाई चतक्क बिर्सन सकोस्
कहाँबाट ल्याउँ म त्यस्तो भाव
जसले यस्तै चलिरहोस भन्न सकोस्
कहाँबाट ल्याउँ म त्यस्तो मन
जसले हरपरिस्थितिलाई सहजै स्वीकार्न सकोस्
कहाँबाट ल्याउँ म त्यस्तो लेखन
जसले तिमीलाई सम्वोधन नगर्न सकोस्
कहाँबाट ल्याउँ म त्यस्तो चमत्कार
जसले पिडाहरुबाट निमेसमै उकास्न सकोस् !!

कहाँबाट ल्याउँ म त्यस्तो चमत्कार
जसले पिडाहरुबाट निमेसमै उकास्न सकोस् !!


२०२५-११-११/११-११ am

    २०२५-११-११/११-११ am   विशेष दिनको विशेष शुभकामना  !!* प्रभुले जुराउनु भएको यही  दिव्य कोड ले  चिन्छु म मेरो मान्छेलाई !!!       https://...